Logo

ठमेल पर्यटन विकास परिषद्को चुनावी सरगर्मी, राजभण्डारी र डंगोल प्यानल भिड्ने


काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को ३०औं र ३१औं वार्षिक साधारणसभासँगै हुने निर्वाचनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ । यही असार २७ गते हुने निर्वाचनका लागि पर्यटन व्यवसायी प्रश्रय राजभण्डारी र राजुमान डंगोल नेतृत्वका छुट्टाछुट्टै प्यानलले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रश्रय राजभण्डारी नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्षमा श्रीकृष्ण थपलिया, द्वितीय उपाध्यक्षमा प्रकाश श्रेष्ठ (टाइगर), तृतीय उपाध्यक्षमा रमेश थापा, महासचिवमा पुन्यराम लागेजु, सचिवमा प्रकाश थपलिया र कोषाध्यक्षमा रोशन अधिकारी उम्मेदवार बनेका छन्। सदस्य पदका लागि कमल अर्याल, सोजेश मालाकार, नवीन तामाङ, पुर्निमा मालाकार, श्री शाही र लालबाबु चौधरीले उम्मेदवारी दिने भएका छन् ।

यता, राजुमान डंगोल नेतृत्वको प्यानलबाट प्रथम उपाध्यक्षमा राजीव पाण्डे, द्वितीय उपाध्यक्षमा दावाङ तामाङ (दावा), तृतीय उपाध्यक्षमा चेतनाथ पुडासैनी (दीपक), महासचिवमा पशुपति कँडेल, सचिवमा दिलीप कँडेल (मिलन) र कोषाध्यक्षमा किन्चु लामु भुटिया (श्रेष्ठ) उम्मेदवार बनेका छन् । सदस्य पदका लागि सुरेन्द्र डंगोल, सानुकाजी महर्जन, बालकृष्ण खनाल, रोशन प्रधान श्रेष्ठ, विश्वमान प्रधान, लिजा मानन्धर, कृष्णबहादुर सेढाई र चन्द्रा तामाङले उम्मेदवारी घोषणा गरेका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा दुवै प्यानलले चुनावी अभियानलाई तीव्र बनाएका छन्। व्यवसायीहरूसँग भेटघाट, छलफल तथा विभिन्न माध्यमबाट आफ्ना प्रतिबद्धता र भावी कार्ययोजना सार्वजनिक गर्दै मतदाताको समर्थन जुटाउने अभियानमा दुवै पक्ष सक्रिय देखिएका छन्।

प्रकाशित मिति : मंगलवार, २३ असार २०८३ १५:५७
प्रतिक्रिया दिनुहोस्