Logo

टानको आसन्न निर्वाचनमा अध्यक्षका लागि कमल सापकोटाको उम्मेद्बारी, गठबन्धन हुने सम्भावना


काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को आसन्न निर्वाचनमा अध्यक्ष पदका लागि सफल पर्यटन ब्यबसायी कमल सापकोटा (रामप्रसाद)ले उम्मेद्बारी दिने भएका छन् । टानको निर्वाचन आउदो साउन ३० गते हुँदैछ ।

नेकपा (माओवादी केन्द्र) निकट पर्यटन ब्यबसायीहरुको प्रतिनिधित्व गर्दै अध्यक्षमा उम्मेद्बारी घोषणा गरेका सापकोटालाई समग्र बामपन्थी धारका पर्यटन ब्यबसायी र संगठनले साथ दिने सम्भावना छ। जसको लागि नेकपा एमालेलगायत पर्यटन ब्यबसायिक संगठनको बीचमा वार्ता र छलफल भईरहेको बुझिएको छ ।

पदयात्रा तथा पर्वतीय पर्यटन ब्यबसायमा लामो समयदेखि कृयाशिल सापकोटा ब्यबसायिक हिसाबले सफल छन् । त्यसको अलावा सामाजिक क्षेत्रमासमेत सापकोटाको निक्कै ठुलो योग्दान रहेको छ । साउथ एसियन यूथ टुरिजम अवार्ड २०१९’, पर्यटन वर्ष पुरुष २०१७ को अवार्ड जस्ता दर्जनौ राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्डहरु पाइसकेका छन् ।

गाउँ पर्यटन प्रवर्धन मन्च (भिटोफ नेपाल)को अध्यक्ष भईसकेका सापकोटाले बिभिन्न ब्यबसायिक संघ संगठनहरुमा नेतृत्वदायी भूमिका निर्बाह गर्दै आएका छन् । पर्यटन क्षेत्रको योग्दान, भूमिका र क्रियाशिलताकै कारण पर्यटन व्यवसायीमाझ उनी लोकप्रिय छन् ।

उम्मेद्वारी घोषणासँगै सापकोटाले समग्र पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रको समस्या समाधान गर्दै पर्यटन प्रवर्धनको स्पष्ट खाका कोरेर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले वेटर टान बनाउन मेहनत गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रकाशित मिति : आईतवार, २२ श्रावण २०७९ १८:२५
प्रतिक्रिया दिनुहोस्