Logo

सुनको भाउ निरन्तर उकालो, तोलाको ८२ हजार पाँच रुपैयाँ पुग्यो


काठमाडौँ, २३ फागुन । यो हप्ता सुनको भाउ तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा लगानीकर्ता आकर्षित हुँदा सुनको भाउ झन् महँगो हुँदै गएको हो । शुक्रबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भैरहेको छ ।

साताको पहिलो पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ सोमबार घटबढ भएन । मङ्गलबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको भाउ बुधबार भने एकैदिन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेको थियो । बिहीबार फेरि तोलामा दुई सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार तोलामा एक हजार आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै महँगो तोलाको ८२ हजार पाँच रुपैयाँ पुगेको हो ।

कोरोना भाइरसका कारण विश्व नै आर्थिक मन्दीतिर गइरहेकाले लगानीकर्ता सुनतिर आकर्षित भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । लगानीकर्ता सुनमा आकर्षित हुँदा सुन अन्तर्राष्ट्रिय बजारमै महँगो भएको र डलरको तुलनामा भारतीय मुद्रा कमजोर हुँदा नेपालमा झन् महँगो पर्न गएको हो ।

प्रकाशित मिति : शुक्रबार, २३ फाल्गुन २०७६ १२:३६
प्रतिक्रिया दिनुहोस्