भैनात्वद्वारा टुर्गानको सचिवमा उम्मेदवारी घोषणा, यूवा पुस्ताको प्रतिनिधित्व गर्ने
काठमाडौं । टुर गाईड रबिन भैनात्व टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान)को आसन्न निर्वाचनमा सचिव पदका प्रत्यासी हुनुहुन्छ । टुर्गानको ३३औँ वार्षिक साधारणसभासँगै आउँदो २०८३ असार २७ गते (११ जुलाई २०२६) काठमाडौंको प्रज्ञा भवन, कमलादीमा सम्पन्न हुन लागेको निर्वाचनका लागि उहाँले सचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।
टुरिस्ट गाइडहरूका बीच सक्रिय र युवा पुस्ताको प्रतिनिधित्व गर्ने व्यक्तिका रूपमा परिचित भैनात्वले गाइडहरूको आवश्यकता र पेशागत चुनौतीलाई नीति र नेतृत्वमार्फत समाधान गर्न बताउनुभएको छ । सबैसँग भिज्न सक्ने व्यक्तित्व, कार्यकुशलता तथा नेतृत्व क्षमताका कारण सचिव पदमा उहाँको जीत सुनिश्चित रहेको बताइन्छ ।
संस्थालाई पारदर्शी, उत्तरदायी र सशक्त बनाउँसंस्थालाई पारदर्शी, उत्तरदायी र सशक्त बनाउँदै सदस्यहरूको आवाजलाई सम्मान गर्ने तथा सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता उहाँको छ । साथै, उहाँले पर्यटन गाइडहरूको हक-हित संरक्षण, पेशागत क्षमता अभिवृद्धि र पेशाको सम्मान वृद्धि गर्न निरन्तर सक्रिय रहनेलगायतको प्रतिबद्धता जनाउनुभएको छ।
भैनात्वले संस्थालाई पारदर्शी, उत्तरदायी र सशक्त बनाउँदै सदस्यहरूको आवाजलाई सम्मान गर्ने तथा सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता उहाँको छ । साथै, उहाँले पर्यटन गाइडहरूको हक-हित संरक्षण, पेशागत क्षमता अभिवृद्धि र पेशाको सम्मान वृद्धि गर्न निरन्तर सक्रिय रहनेलगायतको प्रतिबद्धता जनाउनुभएको छ।


